आयशा लेभल टु पारा तेक्वान्दो प्रशिक्षक – Nepal Press

आयशा लेभल टु पारा तेक्वान्दो प्रशिक्षक

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक कोर्स उत्तीर्ण गरेकी छन् ।

विश्व पारा तेक्वान्दोले अगष्ट १४ देखि १६ सम्म आयोजना गरेको १८औं विश्व पारा तेक्वान्दो कोच सर्टिफिकेसन अनलाइन कोर्स लेभल टु उत्तीर्ण गरेकी हुन् ।

यसअघि आयशाले सन् २०२० को अक्टोबरमा लेभल वान कोर्स उत्तीर्ण गरेकी थिइन् ।

आयशले अब आफ्नो ध्यान पारा तेक्वान्दो खेलाडी उत्पादनमा केन्द्रीत गर्ने बताउदै अवसर दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिएकी छिन् ।यसअघि यस बिधामा नेगी लामा मात्रै प्रशिक्षक थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर