कांग्रेसका पालिका प्रमुख-उपप्रमुखलाई आजदेखि प्रशिक्षण, प्रधानमन्त्रीले उद्घाटन गर्ने – Nepal Press

कांग्रेसका पालिका प्रमुख-उपप्रमुखलाई आजदेखि प्रशिक्षण, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले देशभरका पालिका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौंमा आज र भोलि दुई दिन प्रशिक्षण दिन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने बताइएको छ ।

प्रशिक्षण स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाही साथै आसन्न मंसिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर