नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी – Nepal Press

नागरिकता विधेयकको विरोधमा आन्दोलन जारी

हेटौँडा । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयकका विरोधमा आन्दोलन जारी रहेको छ ।

बागमती प्रदेशको राजधानी हेटौँडामा विधेयकको विरोधमा निरन्तर प्रदर्शन हुन थालेको छ ।

विगत दुई हप्तादेखि विधेयकको विरोधमा प्रदर्शन जारी रहेको छ । प्रदर्शनमा सहभागीहरूले सांकेतिक रूपमा नागरिकता बिक्रीमा छ भनेर नाङ्लोमा नागरिकता राखेर प्रदर्शन समेत गर्ने गरेका छन् ।

उनीहरूले नागरिकता विधेयक फिर्ता लिन माग गर्दै आएका छन् ।

विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर