तत्काल बृहत वाम एकताको सम्भावना छैन- खनाल (भिडिओ) – Nepal Press

तत्काल बृहत वाम एकताको सम्भावना छैन- खनाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनबीच समान ढंगले सीट बाँडफाँट हुनुपर्ने बताएका छन् ।

नेपाली चियाको गुणस्तरका बारेमा उठेका जिज्ञासाहरुका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेपछि मंगलबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले गठबन्धनमा तालमेल हुँदा सबै दलको हैसियतअनुसार समान ढंगले सीट बाँडफाँट हुनुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सीट बाँडफाँट गर्न आवश्यक रहेको उनको भनाइ छ । नेता खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दल नै उदासीन रहेकाले तत्काल बृहत वाम एकताको सम्भावना नरहेको धारणा राखे ।

त्यस्तै उनले नेपालमा उत्पादन भइरहेको चियाको मुख्य बजार भारत रहे पनि भारतको ३१ सदस्यीय संसदीय टीमले नेपाली चिया गुणस्तरहीन भएको प्रतिवेदन बुझाएकोप्रति सरकारले आवश्यक कदम चाल्नुपर्ने भएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

भारतको उक्त प्रतिवेदनले चिया उत्पादकहरु चिन्तामा परेका कारण यसबारे सरकारले भारतसँग छलफल गर्नुपर्ने उनको माग छ । नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा बीआरआई र सीमा समस्याका बारेमा कुराकानी गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर