बेलायतमा प्रत्यक्ष ईपीएल हेरेपछि कमल थापाले भने- म्यान युले हार्दा खल्लो लाग्यो – Nepal Press

बेलायतमा प्रत्यक्ष ईपीएल हेरेपछि कमल थापाले भने- म्यान युले हार्दा खल्लो लाग्यो

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बेलायत भ्रमणको क्रममा इंग्लिस प्रिमियर लिग फुटबल प्रत्यक्ष हेरेका छन् ।

ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटन र म्यानचेस्टर युनाईटेडको खेल हेरेपछि फेसबुक मार्फत तस्बिर पोष्ट गर्दै उनले लेखेका छन् ‘ आज बेलायतको ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र व्राईटनको खेल छोरी डा।प्रगतीसँगै प्रत्यक्ष हेर्ने शौभाग्य पाईयो।प्रत्यक्ष हेर्दा अत्यन्त रमाईलो हुन्छ। म्यान युले हार्दा भने साह्रै खल्लो भयो ।’

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ ।ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर