अर्थमन्त्री शर्माले सचिवहरुलाई दिए यस्तो निर्देशन – Nepal Press

अर्थमन्त्री शर्माले सचिवहरुलाई दिए यस्तो निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालयका सचिवलाई बोलाएर बजेट कार्यान्वयन कसरी गर्ने भन्नेबारे छलफल गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सबै सचिवलाई एकअर्कालाई आरोप-प्रत्यारोप नगरी आआफ्नो जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री शर्माले गत वर्षको अनुभवबाट पाठ सिकेर समयमै बजेट खर्च गर्न निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरिसकेको छ । सो मार्गदर्शनमा आधारित रहेर बजेट कार्यान्वयन गर्न मन्त्रीले सचिवहरुलाई भनेका छन् ।

करिब २५ दिनपछि अर्थ मन्त्रालय फर्केका जनार्दन शर्माले पहिलोपटक सचिवहरुलाई बोलाएर समयमै बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि पनि सबै मन्त्रालयलाई मासिक १० प्रतिशतका दरले पूँजीगत खर्च गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर