क्याटफिसदेखि डिटीआरसम्म ‘डेट’मा जानु अघि बुझ्नै पर्ने १० शब्दावली – Nepal Press

क्याटफिसदेखि डिटीआरसम्म ‘डेट’मा जानु अघि बुझ्नै पर्ने १० शब्दावली

काठमाडौं । वर्तमान समयमा युवा पुस्ताहरुमा चर्चित शब्दावली हो ‘डेट’ । कुनै पनि किसिमको प्रेम सम्बन्ध वा अन्य सम्बन्धमा जानु पुर्व दुई व्यक्तिहरुले एक आर्कालाई बुझ्नका निमित्त सँगै व्यतित गर्ने समयलाई नै सामान्य तय डेटिङ् भनेर बुझ्ने गरिन्छ ।

कुनै पनि व्यक्तिलाई डेट गर्नु पुर्व र डेट गरिसकेपछि मानिसहरुमा विभिन्न किसिमका सोचाइ तथा भोगाइहरु आउन सक्छन् । ति सोचाइ र भोगाईहरुलाई व्यक्त गर्नका निमित्त पनि विभिन्न शब्दावलीहरु प्रयोग हुने गर्छन् । ति शब्दावली विभिन्न अवस्था सोचाइ र भोगाइ लाई व्यक्त गर्नका निमित्त प्रयोग हुन्छन् । आउनुहोस् यस्तै केही शब्दावलीहरुको बारेमा चर्चा गरौँ ।

१. क्याटफिसिङ: कुनै पनि व्यक्तीले सम्बन्ध सुरु गर्नका निमित्त नितान्त फरक पहिचान बनाउछ भने त्यसलाई ‘क्याटफिसिङ’ गरेको भनिन्छ । क्याटफिसिङ सकारात्मक र नकरात्मक दुबै किसिमको हुन सक्छ ।

२. घोस्टिङ: डेट गरिरहेकाहरुमा यो अत्यन्तै धेरै प्रयोग हुने शब्द हो । कोही व्यक्तिले अचानाक केही कुरा नगरी तपाईंसँग सम्पर्कमा आउन छोड्छ भने त्यसलाई घोस्टिङ भनिन्छ ।

३: बेन्चिङ: कुनै व्यक्तिलाई पूर्ण रुपमा बेवास्ता नगर्ने तर खासै महत्व पनि नदिनुलाई बेन्चिङ भनिन्छ । उदाहरणको लागि सामाजिक संजालमा एकदम नजिक हुने तर वास्तविक जीवनमा भने भेट्न नखोज्ने किसिमको प्रवृतिलाई बेन्चिङ भनिन्छ ।

४.ग्यासलाइटिङ: कसैले यदी तपाईले भोगेका वा व्यक्त गरेका भावनाहरु यथार्थ भन्दा टाढाका कुरा हुन वा सही हैनन् भनेर तपाईंलाई मनाउन खोज्छ भने त्यसलाई ग्यासलाइटिङ भनिन्छ । मनोविद्हरुले यसलाई इमोसनल एब्युज ‘भावनात्मक दुर्व्यवहार’ भन्ने गर्छन् ।

५. ब्रेडक्रम्बिङ:  तपाईंप्रती कसैले रुची राख्दै छ जस्तो लागेको छ तर वास्तवमा उक्त मान्छेको त्यस्तो कुनै पनि अभिप्राय छैन भने त्यो व्यक्तिले तपाईलाई ब्रेड क्रम्बिङ् गर्दै छ ।

६. सिचुएसनसिप:  यदि दुई व्यक्तिहरु प्रगाढ किसिमको प्रेम सम्बन्धमा छन् तर त्यसलाई स्वीकार गरिरहेका छैनन् भने त्यसलाई सिचुएसनसिप भनिन्छ ।

७. लभ बम्बिङ: तपाईं कोही व्यक्तिलाई डेट गर्दै हुनुहुन्छ र तपाईंले डेट गरिरहेको व्यक्तिबाट अत्याधिक मात्रामा उपहार , फूल , चक्लेट लगायतका वस्तुहरु प्राप्त गरिरहनु भएको छ भने त्यसलाई लभ बम्बिङ भनिन्छ ।

८. जोम्बिज : तपाई कोहीबाट ‘घोस्टेड’ हुनु भयो र तपाईंले सो कुरालाई ग्रहण गरेर अगाडि पनि बढिसक्नु भयो तर अचानक तपाईंलाई घोस्ट गरेको व्यक्ति तपाईंको सम्पर्कमा आयो त्यसलाई भनिन्छ जोम्बिज ।

९. रोचिङ: तपाईं कसैलाई डेट गर्दै हुनुहुन्छ । तपाईले डेट गरेको व्यक्ति सो समयमा तपाईंलाई मात्र डेट गरिरहेको छ भन्ने तपाईको मान्यता छ तर तपाईंले अचानक थाह पाउनु भयो कि त्यो व्यक्ति अरु कोहीसँग पनि डेटमा जादै छ भने त्यसलाई रोचिङ भन्ने गरिन्छ ।

१०. डिटीआर : डिटीआर भन्नाले ‘डिफाइन द रिलेसनसिप’ भन्ने बुझिन्छ । सम्बन्ध कता जादै छ ? के हुँदै छ ? अब के गर्ने लगायताका प्रश्न को उत्तर खोज्नका निमित्त दुई व्यक्तिहरुले छलफल गर्ने निर्णय गर्छन् भने त्यसलाई डिटीआर भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर