उपेन्द्रले जसपालाई संकीर्ण जातीय र क्षेत्रीयतावादमा पतन गराएको बाबुरामको आरोप (भिडिओ) – Nepal Press

उपेन्द्रले जसपालाई संकीर्ण जातीय र क्षेत्रीयतावादमा पतन गराएको बाबुरामको आरोप (भिडिओ)

काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले जसपालाई संकीर्ण जातीय र क्षेत्रीय पार्टीमा पतन गराएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् ।

नेपाल समाजवादी पार्टीको पहिलो बैठकलाई ललितपुरको बालकुमारीमा सम्बोधन गर्दै जसपाको मूल नेतृत्वमा जातिगत र क्षेत्रगत संकीर्णताबाट माथि उठ्न नसकेको र सुधार्ने प्रयास पनि असफल भएको बताए ।

डा. भट्टराईले भने- रूपान्तरणको अन्तिम प्रयास गरेका थियौँ । तर पुरानै पार्टीहरूको बाटोमा हिँड्ने र उल्टै पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भयो । जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भयो,त्यसैले पुनर्गठन गर्न बाध्य भयौँ ।

डा. भट्टराईले आउने चुनावमा भाग लिने सन्दर्भमा बैठकमा छलफल हुने र गठबन्धन गर्ने बारेमा पनि पार्टीले निर्णय लिने बताए ।

पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महिन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए । लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको सो दल बाबुराम भट्टराईले लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर