इजरायलद्वारा गाजा स्ट्राइपमा हमला, पीआईजेका कमाण्डरसहित १० जनाको मृत्‍यु – Nepal Press

इजरायलद्वारा गाजा स्ट्राइपमा हमला, पीआईजेका कमाण्डरसहित १० जनाको मृत्‍यु

काठमाडौं । इजरायलले गाजा स्ट्राइपमा गरेको हमलामा परी प्यालेस्टाइनी हतियारधारी समूह पिआईजेका तेसीर जवारीसँगै अन्य दश जनाको मृत्‍यु भएको छ ।

इजरायलका प्रधानमन्त्री यायर लेपिडले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) को खतरालाई मध्यनजर गर्दै उक्त हमला गरेको जनाएका छन् । हमला पछि राष्ट्रिय टेलीभिजन मार्फत सम्बोधन गर्दै यायरले भने ‘इजरायलले आतङ्कवादविरुद्ध कडा अभियान सुरु गरेको छ।’ यसो नगरेको खण्डमा इजरायलमा ठुलो संकट आउने प्रबल सम्भावना देखियो ।

इजरायली हमलाको जवाफी कारवाही स्वरुप गाजा स्ट्राइपले पनि इजरायलमा सय भन्दा बढी मिसाइल आक्रमण गरेको थियो यधप्पी इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीले गाजाका अधिकांस मिसाइल निष्कृय बनाएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर