भक्सवागनको पुरानो गाडी दिएर नयाँ गाडी घर लैजान पाइने ‘मनसुन एक्सचेन्ज अफर’ – Nepal Press

भक्सवागनको पुरानो गाडी दिएर नयाँ गाडी घर लैजान पाइने ‘मनसुन एक्सचेन्ज अफर’

काठमाडौं । नेपालको लागि भक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले आजदेखि सुरू हुने गरी भक्सवागन मनसुन एक्सचेन्ज नामक आकर्षक ग्राहकमुखी एक्सचेन्ज योजना ल्याएको छ ।

आफुसँग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि शुक्रबार (साउन २०) देखि लागु हुने गरी देशव्यापी रूपमा एक्सचेन्ज अफर सुरू गर्न लागेको हो ।

सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डको पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित भक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन् । अपग्रेडको खोजीमा रहेका भक्सवागनका पुराना ग्राहकहरुले समेत आफ्नो पुरानो भक्सवागन गाडीको सट्टा नयाँ गाडीको साथमा थप सुविधाहरू समेत पाउनेछन् ।

यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । सहज फाइनान्सको सुविधाको साथमा ४८ घण्टाको सबै भन्दा राम्रो एक्सचेन्ज मूल्याङ्कन प्रधान गरिने छ (सो मूल्याङ्कन ४८ घण्टाको लागि मात्र मान्य हुनेछ) ।साथै ५० हजारसम्मका एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

हाल नेपालमा भक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका भक्सवागनका शोरूमहरूमा उपलब्ध छन् । पूजा इन्टरनेशनल नेपालले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर