प्रचण्ड माधवलाई डा. रावलको व्यंग्य- नेपाङ्ग्रेस जिन्दावादको नारा लाउने हो ? (भिडिओ) – Nepal Press

प्रचण्ड माधवलाई डा. रावलको व्यंग्य- नेपाङ्ग्रेस जिन्दावादको नारा लाउने हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व उपप्रानमन्त्री डा. भीम रावलले सत्तारुढ पाँचदलीय गठबन्धन सिद्धान्तहीन र गन्तव्यहीन रहेको भन्दै उनीहरूको बीचमा सत्तास्वार्थ बाहेक देशको पक्षमा कुनै एजेण्डा नरहेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै डा. रावलले यो गठबन्धन नेपालको संविधानका धारा २७९ को विपरीत रहेको दाबीसमेत गरे । उनले सिद्धान्त र कार्यक्रम केही नमिल्ने दलहरूबीचको गठबन्धन आदर्शविहीन रहेको टिप्पणी समेत गरे । उनले प्रचण्ड-माधवप्रति कटाक्ष गर्दै कम्युनिष्ट भन्नेहरू कांग्रेसलाई चुनाव जिताउन पाएर दंग परिरहेको बताए ।

रावलले भने, ‘जसको कुनै सिद्धान्त, कार्यक्रम मिल्दैन तिनीहरूबीचको गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन हो । कोही संघीयताका विरोधी छन्, कोही संघीयताका जननी छन् यस्ताको स्वार्थ कसरी मिल्यो ? उनीहरूको नारा के हो ? नेपाङ्ग्रेस जिन्दावाद भन्ने नारा लाग्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर