भारतसँगको खेलले हामीलाई धेरै कुरा सिकायो : आयुस घलान – Nepal Press

भारतसँगको खेलले हामीलाई धेरै कुरा सिकायो : आयुस घलान

काठमाडौं । यु–२० राष्ट्रिय फुटबल टिमका कप्तान आयुस घलानले भारतविरुद्धको हार मानसिक रुपमा कमजोर भएर नभएको प्रतिक्रिया दिएका छन् ।

भारतमा आयोजना भएको यु–२० साफ च्याम्पियनसिपबाट बाहिरिएर बिहीबार नेपाल फर्किएका कप्तान आयुसले एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै नेपाललाई भारतसँगको खेलले धेरै कमिकमजोरी पत्ता लगाउने अवसर दिएको बताए ।

‘भारतसँग मानसिक रुपमा कमजोर भएको हैन । झन् भारतलाई चाहीँ धेरै अन्तरमा पराजित गर्छौँ भनेर गएका थियौं । भारतसँगको खेलले हामीलाई धेरै कुरा सिकायो । हामी शारीरिकदेखि लिएर टेक्निकल्ली पनि कमजोर रहेछौँ भन्ने महसुस गरायो’, उनले भने ।

सात सय खेलडीबाट उत्कृष्ट २३ खेलाडीलाई छनोट गर्दै मुख्य प्रशिक्षक मेघराज केसीले यु–२० टिम बनाएका थिए । टिममा राष्ट्रिय टिमबाट खेलेको अनुभव भएका खेलाडी निकै कम थिए । जसको प्रभाव प्रदर्शनमा परेको आयुस बताउछन् ।

‘हाम्रो टिममा कम्जारि भनेको खेलाडीमा अनुभवको कमी थियो । कत्ति खेलाडी पहिलो पटक राष्ट्रिय टिमबाट खेलिरहेका छन् । समग्रमा हाम्रो प्रतियोगिता राम्रो रहयो । तर, हामीले जे लक्ष्य लिएर गएका थियौँ त्यो पुुरा हुन सकेन । अब हामीले प्रशिक्षणका लागि लामो समय पायौँ भने चाहीँ राम्रो हुन्छ । हामीले अब धेरै मेहेनत गर्नुपर्छ,’ आयुषले थपे ।

सिनियर टिमबाट पनि राष्ट्रिय टिमबाट खेलेको अनुभव लिएका आयुषलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर