एकै दिन थप ८९५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु – Nepal Press

एकै दिन थप ८९५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आजको दिनमा थप २६४ जनाले कोरोना जितेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर