डीएसपीको बढुवामा प्रधानमन्त्री देउवाका पीएसओ शाहको छलाङ – Nepal Press

डीएसपीको बढुवामा प्रधानमन्त्री देउवाका पीएसओ शाहको छलाङ

काठमाडौं । नेपाल प्रहरीको उपरीक्षक (एसपी)का लागि भएको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाका अंगरक्षक (पीएसओ) कोमल शाहले अस्वाभाविक छलाङ मारेका छन् ।

बुधबार ३६ जना एसपीका लागि गरिएको सिफारिसमा शाह आफ्नो भर्ना ब्याचबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । शाह प्रहरी निरीक्षकको योग्यता क्रममा ३१ औं नम्बरमा थिए भने डीएसपीमा बढुवा हुँदा आफ्नो भर्ना ब्याचको २५ औं नम्बरमा थिए ।

२४ स्थान उक्लिएर उनी पहिलो स्थानमा उक्लिएका हुन् । २०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकालेकामध्ये अहिले पहिलो लटमा १६ जना एसपीका लागि सिफारिस भएका छन् । एसपीका लागि सिफारिस भएका बाँकी २१ जना अघिल्लो भर्ना तथा इन्स्पेक्टर ब्याचबाट छुटेकाहरू हुन् ।

२०६१ सालमा प्रहरी निरीक्षकमा नाम निकाल्नेमध्ये एसपी सिफारिसमा पहिलो नम्बरमा टेकुनन्द इवा लिम्बू र दोस्रो नम्बरमा शाह छन् ।

तर, लिम्बूले २०५१ सालमा सेवा सुरु गरेकाले दुई वर्षपछि अवकाश पाउँदैछन् । २०६१ सालको भर्ना ब्याचबाट पहिलो नम्बरमा डीएसपी बढुवा भएका अपिल बोहरा र दोस्रो नम्बरमा रहेका गौतम केसी भने एसपी बढुवाको सिफारिसमा छुटेका छन् ।

यस पटकको बढुवा सिफारिसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ नरेशराज सुवेदी पनि परेका छन् ।

उनी आफ्नो इन्स्पेक्टर ब्याचमध्ये तेस्रो नम्बरमा रहेर एसपीका लागि सिफारिस भएका छन् । यसअघि उनी डीएसपीमा चौथो नम्बरमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर