गार्डको बन्दुक खोस्न खोज्दा वाणिज्य बैंक कोल्टी शाखामा तनाव (भिडिओ) – Nepal Press

गार्डको बन्दुक खोस्न खोज्दा वाणिज्य बैंक कोल्टी शाखामा तनाव (भिडिओ)

कैलाली । बाजुराको राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखामा सेवाग्राहीले गार्डको बन्दुक खोस्न खोजेपछि केही बेर बैंक क्षेत्रमा तनाव भएको छ ।

बुढीनन्दा गाउँपालिका-४ कुडुबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन आएका करिब ३५ वर्षका तेजबहादुर खड्काले बैंकका सुरक्षा गार्ड विशाल कैलाको बन्दुक खोस्ने प्रयास गरेका थिए ।

असार मसान्त लागेसँगै भुक्तानीको चापले बैंकमा सेवाग्राहीको भिड बढैको थियो । लाइनमा आफूभन्दा पछि रहेकाले धकेलेपछि उनैलाई आक्रमण गर्ने गरी बन्दुक खोस्ने प्रयास गरेको बैंकका शाखा प्रमुख कमलसिंह ऐरले जानकारी दिए ।

‘गार्डसँग झगडा भएको होइन’ उनले भने ‘आफूलाई भकेल्ने मान्छेलाई हान्न भन्दै उनले गार्डको साथमा रहेको बन्दुक खोस्न खोजेका हुन् ।’

बन्दुक खोस्ने खड्कालाई प्रहरीको जिम्मा लगाइएको ऐरले जानकारी दिए ।

वाणिज्य बैङ्कको कोल्टीबाट प्रहरीले खड्कालाई इलाका प्रहरी कार्यालय कोल्टी लगेका थिए । त्यहाँ खड्काको बुबाआमा समेत पुगेको र उनीहरूले खड्काको मानसिक स्वास्थ्यमा समस्या रहेको प्रहरीलाई बताएका छन् ।

वडा नम्बर ४ का अध्यक्षले जिम्मा लिएर खड्कालाई लगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्यबहादुर थापाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर