बुढीगंगामा १७ सय गणना बाँकी हुँदा मेयर-उपमेयर दुवैमा एमाले अगाडि, कसको कति ? – Nepal Press

बुढीगंगामा १७ सय गणना बाँकी हुँदा मेयर-उपमेयर दुवैमा एमाले अगाडि, कसको कति ?

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । खसेको ९ हजार ११७ मतमध्ये अहिलेसम्म ७ हजार ४१७ गणना सकिएको छ । ताजा परिणामअनुसार प्रमुख-उपप्रमुख दुवैमा एमालेका उम्मेदवार अगाडि छ्न् ।

प्रमुखमा एमाले उम्मेदवार रामबहादुर बानियाँ ७८० मतले अगाडि छन् । बानियाँले ३ हजार ८८१ मत पाउँदा कांग्रेस उम्मेदवार रङ्गबहादुर खाती ३ हजार १०१ मतका साथ पछ्याइरहेका छन् ।

उपप्रमुखमा मायाकुमारी खड्का कुँवरले ३ हजार ७५३ मत र रिता शाहीले ३ हजार १५३ मत पाएकी छन् । दुईजनाबीच ६०० मतको फरक छ ।

अहिलेसम्म वडा नम्बर १, २, ९, १०, ८, ७, ४ र ३ को गणना सकिएको छ । अब २ वटा वडाको गणना बाँकी छ । गणना सकिएका ८ वडामध्ये तीनवटा वडा ४, ७ र ८ अध्यक्षमा कांग्रेस विजयी भएको छ भने ५ वटा वडा एमालेले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर