रेबाकिनालाई विम्बल्डन उपाधि – Nepal Press

रेबाकिनालाई विम्बल्डन उपाधि

काठमाडौं । वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा महिला सिंगल्सतर्फको फाइनलमा ओन्स जाबरलाई पराजित गर्दै इलिना रेवाकिनाले पहिलो पटक ग्रान्डस्लाम उपाधि जितेकी छिन् ।

सेन्ट्रल कोर्टमा भएको खेलमा जाबरलाई ३–६, ६–२, ६–२ को सेटमा पराजित गर्दै उनी विम्बल्डन च्याम्पियन बनिन् ।

विम्बल्डन जितेसँगै रेवाकिना काजाकिस्तानका लागि मुख्य प्रतियोगितामा उपाधि जित्ने पहिलो खेलाडी बनिन् ।

रेवाकिनाले पहिलो चरणमा कोको भान्डेवेग, दोस्रो चरणमा बियान्का एन्ड्रेस्चु, तेस्रो चरणमा क्विनवेन झेङ र चौथो चरणमा पेट्रा मार्टिचलाई पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनल यात्रा तय गरेकी थिइन् ।

क्वार्टर फाइनलमा अस्ट्रेलियाकी एैला टोम्लियानोभिचलाई २–१ सेटको रोमाञ्चक नतिजामा पराजित गरिन् ।

सेमिफाइनलमा हालेपलाई पराजित गर्दै उनले फाइनल यात्रा तय गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर