दुई वर्षको ग्यापपछि सेटमा नायिका प्रियंका कार्कीकाे कमब्याक – Nepal Press

दुई वर्षको ग्यापपछि सेटमा नायिका प्रियंका कार्कीकाे कमब्याक

काठमाडौं । करिब दुई वर्षको ग्यापपछि नायिका प्रियंका कार्की सेटमा कमब्याक गरेकी छन् । आमा बनेपछि ह्वात्तै तौल बढे तापनि केही महिनामा नै अप्रत्याशित तौल घटाएर कार्की सेटमा ब्याक भएकी हुन् ।

उनको भनाइअनुसार उनी आमा बनेपछि ९७ केजीको थिइन् । लकडाउनको समयमा आमा बनेकी प्रियंका केही समय यतासम्म छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् ।

तिजको गीतमा थुम्का लगाइरहेकी प्रियंकाले आफू लामो समयपछि फर्के तापनि हिजो र आजमा केही फरक नपाएको भन्दै आफ्नो सामाजिक सञ्जालमा स्टा्टससमेत लेखेकी छन् । उनी लेख्छिन, ‘२ वर्षपछि फिल्म सेटमा फर्किएँ तर यत्रो समयपछि फर्किँदा पनि यस्तो लाग्यो कि मैले कहिल्यै सेट छाडेकै थिइनँ, मैले सेटलाई धेरै मिस गरेको रैछु । मेरो प्यारी मायासँग शूटिङ गर्न पाउँदा धेरै रमाइलो लाग्यो ।’

आफ्नो तौल बढेपछि धेरैले आफूप्रति आत्मविश्वास नै घटाएको भन्दै एक अन्तर्वार्तामा गुनासोसमेत पोखेकी छन् ।

‘२,३ महिना अगाडीसम्म मेरो तौल धेरै नै थियो। कतिजनालाई चाहिँ बिहे गरेर बच्चा पाइहाल्यो, अब घरमै बस्ने त हो नि भन्ने रहेछ मनमा’, उनी भन्छिन्, ‘मप्रतिको एउटा आत्मविश्वास नै घटेको रहेछ मैले बुझ्दा । तर, मलाई मैले सक्छु र म केही समयमा नै पुरानो तौलमा आउँछु भन्ने विश्वास थियो । कसैलाई प्रुफ गर्न जरुरी पनि थिएन । यत्रो समयपछि ब्याक हुँदा पनि पुरानै दिनजस्तो र त्यहीँ इनर्जी महसुस भइरहेको छ। ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर