विम्बलडनः मारिया पहिलो पटक ग्रान्डस्लाम सेमिफाइनलमा – Nepal Press

विम्बलडनः मारिया पहिलो पटक ग्रान्डस्लाम सेमिफाइनलमा

काठमाडौं । विश्व वरियताको १०३औं स्थानकी टाट्जाना मारिया विम्बलडनको सेमिफाइनल प्रवेश गरेकी छिन् ।

मंगलबार सेन्ट्रल कोर्टमा सम्पन्न क्वार्टरफाइनल खेलमा जुल नेइमियरलाई ४–६, ६–२, ७–५ को नतिजामा पराजित गर्दै मारिया सेमिफाइनल पुगेकी हुन्। यो उनको पहिलो ग्रान्डस्लाम सेमिफाइनल हो ।

यसअघि उनी कुनै पनि ग्रान्डस्लाममा दोस्रो चरण भन्दा माथि पुग्न सकेकी थिइनन् । विम्बलडनको पहिलो चरणमा अस्ट्रा शर्मालाई हराएकी मारियाले दोस्रो चरणमा २६औं वरियताकी सोराना क्रिस्ट्यालाई पराजित गरेकी थिइन् ।

उनले तेस्रो चरणमा पाँचौं वरियताकी ग्रिस खेलाडी मारिया साक्कारिलाई सोझोसेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएकी थिइन् । चौथोे चरणमा १२औं वरियताकी जेलेना ओस्तापेन्कोलाई हराउँदै उनी क्वार्टरफाइनल पुगेकी थिइन् ।
मारियाले सेमिफाइनलमा तेस्रो वरियताकी ओन्स जाबेअर र मारिइ बोउज्कोभा बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *