एकनाथ शिन्दे बने महाराष्ट्रको नयाँ मुख्यमन्त्री – Nepal Press

एकनाथ शिन्दे बने महाराष्ट्रको नयाँ मुख्यमन्त्री

काठमाडौं । एकनाथ शिन्देले भारतकामहाराष्ट्रको नयाँ मुख्यमन्त्रीको सपथ लिएका छन्।

बुधबार सर्वोच्चको फैसलापछि फ्लोर टेस्ट गर्ने निर्णय भएको हो । तर अदालतको फैसलापछि उद्धव ठाकरेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

भाजपा नेता देवेन्द्र फडणवीस मुख्यमन्त्री बन्ने पक्कापक्की भएको बेला देवेन्द्र फडणवीसले एकनाथ शिन्देको नाम घोषणा गरे।

शिव सेनाका वरिष्ठ नेता एकनाथ शिन्दे रातारात गुजरातको सुरत सहरमा कैयौं विधायकहरू लिएर पुगेका थिए, जसले पूरै महाराष्ट्रको राजनीतिमा भूकम्प ल्यायो। शिन्देले केही निर्दलीयसहित ५० विधायकको समर्थन रहेको दाबी गरिरहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर