ग्लोबल आइएमई बैंक बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक – Nepal Press

ग्लोबल आइएमई बैंक बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकको डोल्पाको दुनैमा नयाँ शाखा खोलिएको छ । डोल्पामा नयाँ शाखा खोलिएसँगै ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा आफ्नो शाखा खोल्न सफल भएको हो ।

बैंक देशका ७७ वटै जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । कर्णाली प्रदेशको डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर