नेपाल कर्मशियल आर्टिष्ट संघ सुर्खेतको अध्यक्षमा आचार्य – Nepal Press

नेपाल कर्मशियल आर्टिष्ट संघ सुर्खेतको अध्यक्षमा आचार्य

सुर्खेत । नेपाल कर्मशियल आर्टिष्ट संघ सुर्खेतको अध्यक्षमा वसन्त आचार्य चयन भएका छन् । केन्द्रीय महासचिव चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको भेलाले सात सदस्यीय कमिटी गठन गरेको हो ।

भेलामा केन्द्रीय सचिव सुवास केसी, केन्द्रीय सदस्य कमल राज श्रेष्ठ, बाँके जिल्ला अध्यक्ष नारायण पौडेल र सभापति सुभाष कुमार शाक्यको समेत उपस्थिति रहेको थियो ।

‘कर्णालीका ऐतिहासिक महत्त्वका सम्पत्तिलाई कलाको माध्यमबाट जीवन्त बनाइराख्न र कर्णालीको पहिचान बढाउन हामी कलाको माध्यमबाट भूमिका खेल्नेछौँ,’ अध्यक्ष आचार्यले भने, ‘कला भनेको हाम्रो गौरव हो । नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न हामीले प्रयास गर्नेछौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर