त्रिदेशीय एकदिवसीय शृंखला : टस हारेर बलिङ गर्दै नेपाल – Nepal Press

त्रिदेशीय एकदिवसीय शृंखला : टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले बलिङको निम्तो पाएको छ । अमेरिकाको टेक्ससस्थित मुसा स्टेडियममा सवा ९ बजे सुरु हुने खेलका लागि ओमानका कप्तान जिसन मक्सुदले टस जितेर ब्याटिङ रोजेका हुन् ।

अमेरिका भ्रमणमा रहेको नेपाली टिम पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, घरेलु टिम अमेरिकाविरुद्धको दोस्रो खेल टाई भएको थियो । पहिलो खेलमा अमेरिकासँग ११४ रनले पराजित भएको ओमानले दोस्रो नेपाल र तेस्रो खेलमा अमेरिकाविरुद्ध १३ रनको जित निकालेको थियो ।

विश्वकप लिग २ मा ओमानको यो अन्तिम खेल हो । यसअघिका ३५ खेलबाट ४४ अंक बटुलेको ओमान अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै, १४ खेल खेलेको नेपाल १३ अंकसहित छैटौँ स्थानमा सीमित छ ।

आजको खेलमा लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध शनिवार राति भएको खेलमा प्लेइङ–११ मा परेका सुशन भारीको स्थान आज सागर ढकालले पाएका छन् ।

नेपाली टिमः कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, सागर ढकाल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर