अर्घाखाँचीमा बाघले घरभित्र पसेर आक्रमण गर्दा ८ वर्षीय बालककाे मृत्यु – Nepal Press

अर्घाखाँचीमा बाघले घरभित्र पसेर आक्रमण गर्दा ८ वर्षीय बालककाे मृत्यु

रूपन्देही । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नं ४ अमलडाडाँमा बिहीवार साँझ बाघकाे अाक्रमणबाट ८ वर्षका बालकको मृत्यु भएकाे छ ।

बिहीबार करिब साढे ७ बजेको समयमा ८ वर्षीय बालक सम्राट नेपालीलाई बाघले झम्टेर लगेकाे थियाे ।

गुल्मीकाे रेसुंगा नगरपालिकामा वडा नं ८ घर भएका जुना नेपालीको छाेरा सम्राट नेपालीको मृत्यु भएको हो ।

उनी मावली घरमा बसेर स्थानीय भगवती आधारभुत विद्यालयमा पढ्दै अाएका थिए ।

उनी विद्यालयबाट फर्केर खाजा खाई घरकाे आँगनमा खेलिरहेको बेला एक्कासी बाघले आक्रमण गरी लगेकाे र पछि खोजी गर्दा एक किलोमिटर पर मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकर खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर