कर्मा छिरिङले लगाएका आरोपको छानबिन गर्न राखेपसँग गणेश थापाको माग – Nepal Press

कर्मा छिरिङले लगाएका आरोपको छानबिन गर्न राखेपसँग गणेश थापाको माग

काठमाडौं । गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूविरुद्ध लगाएका आरोपको छानबिन गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई निवेदन दिएका छन् ।

कर्मा छिरिङले आफूविरुद्ध लगाएका आरोपहरु निराधार रहेको भन्दै उनलाई कारबाही गर्न मागसमेत गरेका छन् । एन्फा पूर्वअध्यक्ष थापाले दुई साताअघि राजधानीमा पत्रकार सम्मेलन गरी आरोप प्रमाणित हुनुपर्ने नत्र कर्मा छिरिङलाई कारबाही हुनुपर्ने माग गरेका थिए ।

थापा विश्व फुटबल महासंघ (फिफा) बाट भष्ट्राचार अभियोगमा १० वर्ष प्रतिबन्धित छन् । प्रतिबन्धका बाबजुत पछिल्लो समय फुटबल गतिविधिमा संलग्न देखिएको भन्दै थापाका विषयमा फिफाले चासो राखेको एन्फाले गत साता विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर