पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा महंगो – Nepal Press

पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा महंगो

काठमाडौं । नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थमा धेरै कर लाग्ने गरेको छ । तर, अहिले नेपालमा भन्दा भारतमा नै पेट्रोलको मूल्य सस्तो भएको छ । भारतमा प्रदेश सरकारले समेत पेट्रोलियम पदार्थबाट कर उठाउने गरेको छ । नेपालमा भने पेट्रोलियम पदार्थमा केन्द्र सरकारले मात्रै कर उठाउँछ ।

यसअघि नेपालमा भन्दा नेपालसँग सीमा जोडिएका भारतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ महंगो हुने गरेको थियो । अहिले भने नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य महंगो भएको छ । नेपालमा भन्दा भारतमा पेट्रोल ५ रुपैयाँ २३ पैसा र डिजेल ९ रुपैयाँ ५६ पैसा सस्तो रहेको छ ।

नेपाल आयल निगमले नेपालमा सस्तो हुँदा भारत पेट्रोलियम पदार्थ तस्करी भएर गएको भन्दै त्यसलाई रोक्न विभिन्न काम गर्दै आएको थियो । अहिले त्यसको उल्टो भएको छ । के अब भारतबाट नेपालमा पेट्रोलियम पदार्थ चोेरी तस्करी भएर आउँछ ?

नेपालसँग सीमा जोडिएको भारतको रक्सौलमा पेट्रोल प्रतिलिटर १७४.७७ रुपैयाँमा बिक्री भइरहेको छ । नेपालमा प्रतिलिटर १८० रुपैयाँ छ । रक्सौलमा डिजेलको मूल्य प्रतिलिटर १५३.४४ रुपैयाँ छ भने नेपालमा १६३ रुपैयाँ कायम छ ।

सरकारले पछिल्लो समय २ पटक १०/१० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । यससँगै नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा महंगो भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर