अफगानिस्तानको विमानस्थल संचालन गर्ने जिम्मा युएईलाई – Nepal Press

अफगानिस्तानको विमानस्थल संचालन गर्ने जिम्मा युएईलाई

काठमाडौं । सैन्य विद्रोह गरेर अफगानिस्तानमा शाषण गरिरहेको तालिबान समुहले अफगानस्तानका एयरपोर्ट संचालन गर्नका लागि युएईसँग सम्झौता गरेको छ ।

तालिवानका यातायात तथा नागरिक उड्डयन उपमन्त्री गुलाम जेलानी वाफाले मंगलबार उक्त सम्झौतामा हस्ताक्षर गरेसँगै अब अफगानस्तानका विमानस्थल संचालन जिम्मा यूएईको जिएएसी कम्पनीले लिने भएको छ ।

अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारको उपस्थितिमा उक्त सम्झौता भएको हो । जिएएसीले अफगानस्तानका हेरात, काबुल र कंधार विमानस्थल संचालन गर्ने छ । विमानस्थल सञ्चालनका लागि तालिवानले युएई, टर्की र कतारसँग महिनौ देखी वर्ता गर्दै आएको थियो ।

हस्ताक्षर समारोहलाई संबोधन गर्दै उपप्रधानमन्त्री बारादरले अफगानिस्तानको सुरक्षा नीति सबल रहेको र यस  सम्झौता पश्चात विश्वका कुनै पनि विमानले अफगानिस्तानमा उडान भर्न सक्ने बताएका छन् । तालिवानले गत वर्ष विमानस्थल संचालनको लागि टर्की र कतारसँग सम्झौता गरेको थियो तसर्थ हालको सम्झौतालाई लिएर विभिन्न प्रश्न उठिरहेको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर