प्रभु क्यापिटलको आयोजनामा टीयूका विद्यार्थीलाई सेयरसम्बन्धी तालिम – Nepal Press

प्रभु क्यापिटलको आयोजनामा टीयूका विद्यार्थीलाई सेयरसम्बन्धी तालिम

काठमाडौं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा अध्ययनरत् विद्यार्थीलाई सेयर बजारसम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम सञ्चालन गरेको छ ।

जेठ ९-११ मा सञ्चालन भएको तालिममा एमबीए तथा एमबीएमका ६० जना विद्यार्थी सहभागी थिए । प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले तालिम सञ्चालन गरेका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरूसँगको सहकार्यमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर