कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन – Nepal Press

कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ ।

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने सहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी लगायत युवा क्रिकेटरहरू सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो ।

यस अघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो । सम्झौता पछि खेलाडीहरूले खेल्ने सबै खाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन् ।

बुधवार काठमाडौंमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सीईओ भव्य भारध्वज र क्रिकेटरहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता बापत एक वर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरूलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ ।

खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर