पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना कार्यको थालनी – Nepal Press

पाटन दरबार क्षेत्रमा एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना कार्यको थालनी

ललितपुर । ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा ढल निर्माणको कार्य, खानेपानीका पाइपलाइन बिच्छ्याउने कार्य र विद्युत् तथा टेलिफोनका लाइनहरू भूमिगत गर्ने कार्य एकीकृत रूपमा गरी एकीकृत भौतिक पूर्वाधार निर्माणको नमूना कामको थालनी गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड,आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची खानेपानीका पाइपलाइनहरू विच्छ्याउने कार्य अन्तर्गतको काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन परियोजनाबाट ढलका पाइप विच्छ्याउने कार्य, नेपाल विद्युत प्राधिकरणबाट बिद्युतका तारहरू भूमिगत गर्न ५ वटाएच.डी.पी.ई. पाइप विच्छ्याउने कार्य र नेपाल टेलिकमबाट टेलिकमका लाइनहरू भूमिगत गर्न डक्टहरू विच्छ्याउने कार्य पाटन क्षेत्रमा एकीकृत रूपमा भइरहेका छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक पाटन दरबार क्षेत्रमा वर्षात्को पानी र ढलको उचित व्यवस्थापन नभएका कारण देखिएका समस्याको समाधानका लागि ललितपुर महानगरपालिकाका प्रमुखको विशेष पहलमापाटन दरबार क्षेत्रका पौरानिकता तथा साँस्कृतिक संवेदनशीलतालाई ध्यानमा राखी युनेस्कोको मापदण्डमा रहेर आधुनिकयन्त्र उपकरणको प्रयोग नगरिकनै सम्पदा निर्माण सम्बन्धी तालिम प्राप्त जनशक्तिबाट हाते औजार मात्र प्रयोग गरी ढल निर्माण कार्य हुँदै आएको छ ।

पाटन दरबार क्षेत्र बाहेकका अन्य स्थानमा भने ढल निर्माणको कार्यमा आधुनिक मेसिन औजार प्रयोग गरेर ढल निर्माणकार्यलाई तदारूकताका साथ अगाडि बढाइएको छ ।

विगतका वर्षहरूमा वर्षात्को समयमा पानीपर्दा पाटन दरबार स्क्वायर क्षेत्र रअन्य आसपासका सडकहरू जलमग्न हुने तथा प्लाष्टिक लगायतका ठोस पदार्थहरू ढलतथा मङ्गालमा जम्मा भई ढलजाम हुँदा सडक भएरै ढल बग्ने समस्याको समाधान गरी पर्यटकतथा सर्वसाधारणको आवतजावतलाई सहज तुल्याउनुका साथै पाटन क्षेत्रलाई स्वच्छ एवम् सफा राख्ने उद्देश्यले ढल निर्माणकार्यलाई तीब्रता दिइएसँगै हाल झण्डै ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

यसअन्तर्गत इटिटोलदेखि सोथः सम्म तथा लगनखेलदेखि पाटन दरबार क्षेत्र र सोथःहुँदै शङ्खमूलसम्म २.८ किलोमिटर क्षेत्रमा १,४०० एम.एम. (आर.सी.सी.) र १,०००एम.एम.मोटाईका पाइप बिछ्याएर शङ्खमूलको बागमती नदीकिनारस्थित ढल संजालमा लगेर जोडिनेछ ।

यी पाइपबाट प्रवाह हुने फोहोर पानी धोविघाटस्थित फोहोर पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी नदीखोलामा स्वच्छ एवम् सफापानी प्रवाह गरिनेछ भने आकाशे पानी ओभरफ्लो संरचनाबाट बाइपास गरी बागमती नदीमा मिसाइनेछ ।

एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकार र ललितपुर महानगरपालिकाको संयुक्त लगानी गरी करिव ४८ करोडको कूल लागत रहेको ढल निर्माण कार्य आगामी पुससम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *