नीति कार्यक्रमबारे बाबुराम भन्छन्- सुधारोन्मुख तर अपर्याप्त – Nepal Press

नीति कार्यक्रमबारे बाबुराम भन्छन्- सुधारोन्मुख तर अपर्याप्त

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सुधारोन्मुख तर अपर्याप्त रहेको टिप्पणी गरेका छन् ।

संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले नीति तथा कार्यक्रममार्फत केही महत्त्वपूर्ण सुधारको प्रयास गरिए पनि समग्रमा अपर्याप्त रहेको बताएका हुन् ।

‘केही सकारात्मक सुधारका प्रयासहरू गरिएका छन् तर नेपालका केही गम्भीर समस्या समाधानका लागि अझ धेरै आँट गर्नुपर्छ । चुनावी वर्ष भएकोले केही नयाँ कुरा भएन होला । केही बजेटमा आउने विषय पनि परेको छ । सुधारात्मक हो तर पर्याप्त चैँ भएन’, उनले भने ।

भट्टराईले विगतमा भन्दा नीति तथा कार्यक्रम आंशिक सुध्रिएको उल्लेख गरे । ‘पहिलेभन्दा १९ को २० भएको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर