झापाको बिर्तामोडमा गठबन्धन पराजित, एमालेकी पवित्रा महतरा बनिन् मेयर – Nepal Press

झापाको बिर्तामोडमा गठबन्धन पराजित, एमालेकी पवित्रा महतरा बनिन् मेयर

झापा । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले गठबन्धनविरुद्ध सहज जित निकालेको छ । नेकपा एमालेले विर्तामोडमा मेयर, उपमेयरसहित बहुमत वडा जितेको हो ।

मेयरमा एमालेकी पवित्रादेवी महतारा १६,५२० मत ल्याई विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार भोजराज सिटौलालाई ३,७५८ मतान्तरले पराजित गरेकी हुन् । पराजित भोजराज सिटौलाले १२,७६२ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला १५,५८६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रप्रसाद कडरियाले ८,४५१ मत ल्याएका छन् ।

बिर्तामोडमा यसअघि पनि एमालेले मेयर र उपमेयर जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर