शिल तोडिएको मतपेटिका भेटिएपछि बुटवलमा राेकियाे गणना – Nepal Press

शिल तोडिएको मतपेटिका भेटिएपछि बुटवलमा राेकियाे गणना

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बाक्सा पहिले खोलिएको र शिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको छ ।

च बुथको दोस्रो बाक्साको ४१३५३८ को बाक्सा लक तोडिएको अवस्थामा भेटिएको र बाक्सा शिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले बताए ।

१६ हजार मतदाता रहेको यो वडामा साढे १० हजार मत खसेको छ । सबैको चासो र ध्यान केन्द्रित रहेको बुटवल –११ को मतगणना अहिले रोकिएको छ । मतपेटिका खोल्ने क्रममा शिल चुँडिएको भेटिएपछि मतगणना रोकिएको र शिल चुँडिएको भए पनि शिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

‘शिल चुँडिँदैमा मतपत्रमा असर नगर्ने भएकाले राजनीतिक दलहरुलाई मिलेर आउन आग्रह गरेको निर्वाचन अधिकृत पौडेलले बताए । ‘मत पेटिका खोल्ने क्रममा शिल चुँडिएको भेटिएपछि अहिले मतगणना रोकिएको छ । शिल चुँडिँदैमा मतपत्रमा कुनै असर हुँदैन । चुँडिएको शिल कपडामा भेटिएको छ’, उनले भने ।

वडा नम्बर ११ को मतगणना रोकिए पनि अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर