सांसद बानियाका छोरा पेस्तोलसहित पक्राउ – Nepal Press

सांसद बानियाका छोरा पेस्तोलसहित पक्राउ

मुगु । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाका कान्छा छोरा पक्राउ परेका छन् ।

जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन ।

मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ ।

न्यूज कारखाना/खड्क सुनार 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर