धुनिबेसी नगरपालिका मेयरमा गठबन्धनबाट नेकपा एसका बालकृष्ण आचार्य विजयी – Nepal Press

धुनिबेसी नगरपालिका मेयरमा गठबन्धनबाट नेकपा एसका बालकृष्ण आचार्य विजयी

काठमाडौं । धादिङको धुनबेंसी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि विजयी भएका आचार्य ८ हजार ७०६ मत पाउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याए ।

यसै गरी धुनीबेंसीको उपमेयरमा नेपाली कांग्रेसका सुरज उप्रेती निर्वाचित भएका छन् ।

उनले ८ हजार ३८७ मत पाउँदा प्रत्याशी एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार ४७० मत पाइन् ।

यो नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

२०७४ सालको निर्वाचनमा धुनीबेंसीको मेयर र उपमेयर दुवै पदमा एमालेले विजयी भएको थियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर