प्युठानका नौमध्ये सात पालिकाको परिणाम आयो- कांग्रेस, एमाले र माओवादीले दुई–दुई तह जिते – Nepal Press

प्युठानका नौमध्ये सात पालिकाको परिणाम आयो- कांग्रेस, एमाले र माओवादीले दुई–दुई तह जिते

जनमोर्चाले जित्यो एउटा पालिका

रुपन्देही । नौ वटा स्थानीय तह रहेको प्यूठानमा ७ स्थानीय तहको मतगणना सकिएको छ । परिणामअनुसार प्यूठान नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा विष्णु योगी विजयी भएका छन् । योगीले ९ हजार ३ सय २३ मतले ल्याएर विजयी भए भने उपमेयरमा गठबन्धनकै देवेन्द्र बर्माले ९ हजार ४ सय ९० मत ल्याएर विजयी भए । मेयरमा निर्वाचित योगी माओवादी र उपमेयरमा निर्वाचित बर्मा नेपाली कांग्रेसका हुन् ।

मल्लरानी गाउंपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ३ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी हुँदा उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका रमेश श्रेष्ठले ३ हजार ३ सय ९१ मत प्राप्त गरी विजयी भएका छन् ।

माण्डवी गाउंपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नवराज अधिकारीले ३ हजार ६ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । यसअघि एमालेबाट निर्वाचित श्रीधर रोकालाई हराउँदै गठबन्धनको तर्फबाट नवराज अधिकारी विजयी भएका हुन् ।

स्वर्गद्वारी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका टेकप्रसाद भण्डारीले ७ हजार ७ सय २६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उपमेयरमा राष्ट्रिय जनमोर्चाका मिनराज रानाले ७ हजार ३ सय ७७ मत प्राप्त गरी विजयी भएका छन् ।

सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका छन् । यसअघि पनि गाउँपालिकाको अध्यक्ष रहेका विश्वकर्माले ४ हजार २ सय ८० मत प्राप्त गरी विजयी भएका हुन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी वसन्ता खड्काले ४३ सय ९४ मत प्राप्त गरी विजयी भएकी छन् ।

ऐरावती गाउंपालिकाको अध्ययक्षमा कांग्रेसका नविलविक्रम शाह विजयी भएका छन् । शाह यसअघि पनि ऐरावती गाउंपालिको अध्यक्ष थिए । यस्तै ऐरावती गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेता कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै नौबहिनी गाउंपालिको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । अध्यक्षमा डिलबहादुर थापाले ६ हजार ४ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उपाध्यक्षमा विष्णु थापाले ६ हजार २ सय ६३ मत प्राप्त गरी विजयी भएकी छन् ।

झिमरुक गाउंपालिका र गौमुखी गाउंपालिकाको मतगणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर