कञ्चनपुरको लालझाडी अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी – Nepal Press

कञ्चनपुरको लालझाडी अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

कैलाली । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै राना अध्यक्षमा निर्वाचित भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिए ।

निर्वाचित अध्यक्ष निर्मल रानाले ४ हजार ५ सय १६ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकले २ हजार ८ सय ५८, नेपाली काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत प्राप्त गरे ।

राप्रपाका जयबहादुर विष्ट ४८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केशव वडायक १७ मत र जनता समाजवादी पार्टी, नेपालका बल राम राना (थारु) १३ मतमा सीमित रहेका छन् ।

लालझाडी गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका सपना चौधरी राना निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राधा रानालाई ६८ मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मत प्राप्त गरेकी थिइन भने प्रतिद्वन्द्वीहरू नेपाली कांग्रेसका राधा रानाले ३ हजार ४ सय ९३, नेकपा माओवादी केन्द्रका सत्य देवी महराले २ हजार ७ सय ३२ र जनता समाजवादी पार्टी नेपालका इन्द्रावती बडायकले १३ मतमा सीमित रहेको बताइएको छ ।

लालझाडी गाउँपालिका वडा नम्बर १, २ र ५ मा नेकपा एमाले, वडा नम्बर ३ र ४ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर