दैलेखका दुई नगरमा मात्रै गठबन्धन – Nepal Press

दैलेखका दुई नगरमा मात्रै गठबन्धन

सुर्खेत । दैलेखका ११ स्थानीय तहमध्ये दुईवटामा मात्रै चुनावी गठबन्धन भएको छ । दुल्लु नगरपालिका र नारायण नगरपालिकामा मात्रै कांग्रेस , माओवादी र नेकपा एसबीच चुनावी गठबन्धन भएको हो ।

दुवै नगरको मेयर कांग्रेसले राखेको छ भने दुल्लुको उपमेयर माओवादीलाई र नारायणको उपमेयर नेकपा एसलाई दिएको छ ।

‘हामीले सबैपालिकामा गठबन्धन गर्न निर्देशन दिएका थियौं । दुल्लु र नारायण नगरबाहेक अन्यत्र कतै पनि गठबन्धन हुन सकेन’, नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *