सही हतियार भए युक्रेनले युद्ध जित्न सक्ने अमेरिकाको दाबी – Nepal Press

सही हतियार भए युक्रेनले युद्ध जित्न सक्ने अमेरिकाको दाबी

काठमाडौं । विगत २ महिना देखि रुसको निरन्तर हमला सामना गरिरहेको युक्रेनको भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्री लोयड औस्टिनले युक्रेनले सही हतियार प्रयोग गर्न सके जारी युद्ध जित्न सक्ने दाबी गरेका छन् ।

मंगलबार अमेरिकाका रक्षा मन्त्री लोयड औस्टिन र विदेश मन्त्री एन्टोनी ब्लिन्केन किभ पुगि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता पश्चात अन्तर्राष्टिय संचार माध्यमहरुसँग कुराकानी गर्दै औस्टिनले यस्तो दाबी गरेका हुन् ।

युक्रेनलाई अमेरिका मार्फत हरसम्भव सहयोग प्राप्त भइरहने उनको भनाई छ । उनले अमेरिकाद्वारा युक्रेनलाई थप ३ सय २२ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा समेत गरेका छन भने आगामी हप्ता देखि अमेरिकी कुटनीतिज्ञहरु युक्रेन फिर्ता हुने समेत बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर