क्यान्सर जन्माउने भन्दै सिंगापुर, हङकङ, मलेसिया र माल्दिभ्सले प्रतिबन्ध लाए भारतीय मसला – Nepal Press

क्यान्सर जन्माउने भन्दै सिंगापुर, हङकङ, मलेसिया र माल्दिभ्सले प्रतिबन्ध लाए भारतीय मसला

काठमाडौं । क्यान्सर जन्माउने भएपछि एसियाका विभिन्न देशहरूले भारतीय मसलाहरूलाई प्रतिबन्ध लाएका छन् ।

प्रतिबन्ध गर्ने देशहरूमा सिंगापुर, मलेसिया, हङकङ र माल्दिभ्स छन् । भारतका एमडिएच तथा एभरेष्ट फूट प्रडक्ट्सका मसलाहरू प्रतिबन्ध भएका हुन् ।

भारतीय मसलाहरू प्रतिबन्ध भएको यो प्रथम घटना भने नभएको भारतीय अखबार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

टाइम्स अफ इण्डियाका अनुसार सन २०२३ मै अमेरिकाको एभरेष्ट फुड प्रडक्टका मसलाहरुमा साल्मोनेल्ला पदार्थ पाएको भन्दै प्रतिबन्ध लाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर