हिन्दू राज्यबारे चिनियाँ विश्वविद्यालयमा बहस : हिन्दू राज्य भए भारतको प्रभाव बढ्ने तर्क – Nepal Press

हिन्दू राज्यबारे चिनियाँ विश्वविद्यालयमा बहस : हिन्दू राज्य भए भारतको प्रभाव बढ्ने तर्क

काठमाडौं । चिनियाँ विश्वविद्यालयमा नेपालको हिन्दू राज्यबारेमा बहस भएको छ । चीनको युनान प्रान्तको युनान विश्वविद्यालयको दक्षिण एसियाली विभागको विदेशी भाषा स्कुलमा यस्तो बहस भएको हो । गत मे १० मा भएको बहस नेपालमा हिन्दू राज्य बन्ला त ? भन्दै धर्मनिरपेक्षताको जोखिमको बारेमा बहस भएको थियो ।

विश्वविद्यालयको वनहुइ भवन ३१०४ मा उक्त बहस भएको थियो । बहसमा चिनियाँ प्राध्यापक ह छाउरोङ र प्राध्यापक वाङ चोङले उक्त बहमा बोलेका थिए ।

बहसमा बोल्नेहरूले सन १९६२ को संविधानबाट नेपाल विश्वकै एक्लो हिन्दू राष्ट्र भएको र सन २००८ मा देश धर्मनिरपेक्ष भएको भन्दै प्राध्यापक ह छाउरोङले नेपालमा हिन्दू राज्यको मुद्दा बलियो बन्नुमा राप्रपा, राप्रपा नेपाल जस्ता पार्टीको अभियान मात्रै नभएर आर्थिक समस्या, सुशासनको अभाव, राजनीतिक अस्थिरता आदि भएको बताइएका छन् ।

बाह्य कारणहरूमा भने भारत, भारतको पनि राष्ट्रिय स्वयंसेवक संघ देखि विश्व हिन्दू परिषद प्रमुख कारक भएको बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नबोले पनि बीपी कोइरालाका छोरा शशांक कोइराला खुलेर हिन्दू राज्यको पक्षमा लागेको प्राध्यापक ह छाउरोङले आफ्नो प्रस्तुतिमा बताएका छन् ।

व्यापक इसाईकरणको रोकथामदेखि चीनको प्रभाव कमजोर बनाउन हिन्दू राज्यको मुद्दा बलियो बनाइएको प्राध्यापक छाउरोङले उल्लेख गरेका छन् । उनले नेपालमा हिन्दू राज्य भएमा भारतको प्रभाव बढ्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर