सिराेहिया पक्राउबारे नेकपा एस- कान्तिपुरविरुद्धको षड्यन्त्र होइन भन्ने सरकारले पुष्टि गर्नुपर्छ – Nepal Press

सिराेहिया पक्राउबारे नेकपा एस- कान्तिपुरविरुद्धको षड्यन्त्र होइन भन्ने सरकारले पुष्टि गर्नुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिराेहिया पक्राउ पर्नुले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको टिप्पणी गरेको छ ।

महासचिव घनश्याम भूसालले प्रेस विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय रहेको उल्लेख गरेका छन् ।

नेकपा एसले यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने सरकारले तुरुन्तै पुष्टि गर्नुपर्ने उल्लेख गरेको छ ।

सिरोहियालाई मंगलबार साँझ उनकै कार्यकक्षबाट सीआईबीले पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर