सिटी शीर्ष स्थानमा उक्लियो, चेल्सी आर्सनलसँग पराजित – Nepal Press

सिटी शीर्ष स्थानमा उक्लियो, चेल्सी आर्सनलसँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३-० गोलको नजितामा पराजित गर्दै म्यान्चेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीको जितमा रियाद मरेज, फिल फेडेन र बेमार्डो सिल्भाले गोल गरे ।

प्रिमियर लिगअन्र्तगत बुधबार राति भएको अर्को खेलमा अर्सनलसँग चेल्सी ४–२ गोलको नतिजमा पराजित भएको छ ।

खेलको १३औं मिनेटमा इडवार्ड एन्केडियाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । चेल्सीका टिमो वार्नरले १७औं मिनेटमा बराबरी गोल फर्काए ।

इमाइल स्मिथ रोविले २७औं मिनेटमा गोल गर्दै पुनः आर्सनललाई अग्रता दिलाए । त्यसको पाँच मिनेट नबित्दै सेसर एज्पिलिकेव्टाले गोल गर्दै खेललाई २–२ को बरारबरीको अवस्थामा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा एडवार्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेलको ५७औं मिनेटमा आर्सनललाई ३–२ को अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै बुकायो साकाले गरेको गोलमार्फत आर्सनलले ३–२ को नतिजामा जित सुनिश्चित गर्यो ।

जितसँगै सिटी ७७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिंएको छ । पराजित ब्राइटन १०औं स्थानमा छ ।

आर्सनल ५७ अंकसहित पाँचौं स्थानमा छ भने चेल्सी ६२ अंकसहित तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *