हाम्रो विद्यालय म बनाउँछु अभियान शुरू गर्दछौं : शिक्षामन्त्री – Nepal Press

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरू गर्दछौं : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिने बताएका छन् ।

दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान शुरू गरिने बताए ।उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रध्यानध्यापक र शिक्षकको मुख्य भूमि हुने उल्लेख गरे ।

‘हाम्रो परिवारको कुनै सदस्य विरामी भएर अस्पताल लगौैं भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भने,‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानध्यापक र शिक्षकको हातमा बढी छ ।’

उनले लोक सेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवासुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताए ।

‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं’ उनले भने ।निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभाककसँग नियमित छलफल र मिहिनत गर्नुपर्ने बताए ।

‘पढाउने र अभिभावको घर घरमा पुगी मिहिनत बढी गर्ने भएकाले निजी शिक्षण संस्थामा आकर्षण बढ्ेको देखिन्छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकले होम भिजिट गर्दै पढाउने विषयमा मिहिनत गर्नुप¥यो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *