मोटरसाइकल दुर्घटनामा वडा सचिवको मृत्यु – Nepal Press

मोटरसाइकल दुर्घटनामा वडा सचिवको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका- ६ का वडा सचिव नन्द कुमार श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।
बुधवार बिहान करिब १०ः४० बजे वडार्यालय जाने क्रममा सुनसरीको रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो । दुर्घटना हुनासाथ स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई उपचारकालागी धरान स्थित घोपा क्याम लैजादै गर्दा बाटामै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर