सिमेन्ट उद्योगमा युवकको मृत्यु – Nepal Press

सिमेन्ट उद्योगमा युवकको मृत्यु

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको हो ।

मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकामा अस्पतालले उनलाई बिहान ८ः३० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ ।

शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शवगृहमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर