प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह- विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्नुहोस् – Nepal Press

प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह- विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्नुहोस्

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।
बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताएका हुन् ।

‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ,’ मन्त्री पौडेलले भने,‘लामो समयसम्म पढाई अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुप¥यो । प्राध्यापक संघले होमवर्क गरी समस्या बुझेर समाधानको निकाश निकाल्ने गरी पहल गर्नुहोस् ।’

उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए । प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए ।

विश्वविद्यालयहरु समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने बताए ।
‘विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको ।’ मन्त्री पौडेलले भने,‘नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ ।’

छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रमः २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयका लागि पहल गरिदिन आग्रह गरे ।

प्राध्यापकहरुको तलबमानः सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवत्तभरण उपलब्ध गराउने, स्वास्थ्य सुविधाः शिक्षक अस्पताल जस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामति अस्पताल भन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्नेलगायतका माग राखेका थिए ।

लामोसमयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थीसंगठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *