भारतमा २ लाख कोरोनासंक्रमित थपिँदा ६ सय जनाको मृत्यु – Nepal Press

भारतमा २ लाख कोरोनासंक्रमित थपिँदा ६ सय जनाको मृत्यु

दिल्ली । भारतमा शुक्रबार पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार २०९ जना नयाँ कोरोनाभाइरससङ्क्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ६२७ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ४ लाख ९२ हजार ३२७ व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या २१ लाख भन्दा बढी रहेको छ ।

भारतमा दैनिक संक्रमण हुनेकोदर १५.८८ प्रतिशत रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । ती मध्ये तीन लाख ४७हजार ४४३जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड भन्दा बढी पुगेको छ ।

साथै भारतमा कुल १ अर्ब ६४ करोडभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लागाइसकेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर