पर्यटनमन्त्री आले कोरोना मुक्त – Nepal Press

पर्यटनमन्त्री आले कोरोना मुक्त

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् ।

मन्त्री आलेको सचिवालयका अनुसार आइतबार उनको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

आलेलाई माघ तीन गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएको ६ दिनमा नै उनको रिपोर्ट नेगेटिभ आएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर