टी-२० विश्वकप छनोटको तयारीका लागि स्वदेश फर्कँदै सन्दीप – Nepal Press

टी-२० विश्वकप छनोटको तयारीका लागि स्वदेश फर्कँदै सन्दीप

काठमाडौं । आगामी महिना ओमानमा हुने टी-२० विश्वकपको विश्वस्तरको छनोटको तयारीका लागि सन्दीप लामिछाने शुक्रबार स्वदेश फर्कँदै छन् ।

अष्ट्रेलियामा जारी बिग बास लिग—बीबिएल क्रिकेटमा आफू आवद्ध टोली होबर्ट हुरिकेन्स प्ले अफ पुगेपनि त्यो नखेलि सन्दीप नेपाल फर्कन लागेका हुन् ।

विश्वकप छनोटको तयारी नेपाालल‍े सुरु गरिसकेको छ । बिहीबार मात्र १६ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । सन्दीप बिग बास खेलिरहेकै समयमा नेपाल क्रिकेट संघ-क्यानले उनलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको थियो ।

अनुशासन उलंघन गरेको आरोपमा ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएर कप्तानको जिम्मेवारी सन्दीपलाई दिइएको थियो ।

नेपालले फेब्रुअरीको तेस्रो साता विश्वकप छनोट खेल्दै छ। बिग बासमा यो सिजन सन्दीपले १४ खेल खेल्दै १४ विकेट लिएका थिए ।

उनको बलिङ इकोनोमी ७।७९ रह्यो। सन्दीप टीट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा बढी विकेट लिन‍े बलर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर